कर्णाली

हुम्लामा बाढीका कारण आयोजनामा क्षति

इकागज |
असोज १०, २०७८ आइतबार १५:३२ बजे

फाइल फोटो

हुम्ला - अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पु¥याएको हो । 
 
हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताए । 

हुम्लामा यतिखेर विद्युत् सेवा अवरुद्ध भएको छ । बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ । 



Author

थप समाचार
x