कर्णाली

रिठेखोला बाबिया टाकुरामा ट्रक दुर्घटना : दुई जनाको मृत्यु

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार ६:५५ बजे

जाजरकोट- जाजरकोटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र  नाम नखुलेका एक अर्का जनाको ज्यान गएको छ । १० जना सवार रहेकोमा एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । 


आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का  घाइते भएका छन् । धनबहादुर चालक हुन् ।


Author

थप समाचार
x