कर्णाली

मुगुका आगलागी पीडितलाई कर्णाली सरकारले राहत दिने

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १२:१७ बजे

सुर्खेत- मुगुको छायानाथ रारा नगरपालिका-१ गमगढीका आगलागी पीडितलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । 
पीडितहरूका लागि तत्कालीन राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 


आगलागीको पीडितको अवस्था बुझ्न मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आजै मुगु जाने कार्यक्रम छ । मुख्यमन्त्री शाहीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज कर्णाली प्रदेश सरकारले पीडितहरूलाई उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

सोमबार राति भएको आगलागीमा मुगुको छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । 


Author

थप समाचार
x