कर्णाली

कर्णाली सरकारले प्रदेशका सबै एफएम रेडियोलाई एक/एक लाख रकम दिने

लक्ष्मी भण्डारी |
माघ २७, २०७७ मंगलबार १८:५१ बजे

सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभित्र  रहेका सबै एफएम रेडियोलाई एक/एक लाख रकम उपलब्ध गराउने निर्णय भएको बताएका छन् । कर्णाली सरकारले एफएफ रेडियोको विकासका लागि त्यस्तो कार्यक्रम ल्याउने निर्णय गरेको मन्त्री भण्डारीले बताए । 

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री भण्डारीले भने ‘कर्णालीका एफएम रेडियोलाई सूचना प्रकाशन र प्रसारण वापत एक/एक लाख दिने निर्णय गरेका छौ । सुरुवातमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौ र सूचना प्रकाशन पछि पुरा रकम उपलब्ध गराउँछौ ।’ 


मन्त्री भण्डारीले एफएम रेडियोसँगै अन्य पत्रपत्रिकाका लागि पनि केही रकम छुट्याएको बताए । उनले कर्णालीका पत्रकारहरुका लागि दुर्घटना विमाको कार्यक्रम ल्याएको बताए । ‘हामीले पत्रकारिता विषय अन्र्तगत स्नानतकोत्तर अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौ’ उनले भने, ‘कर्णालीका पत्रकारहरु छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिरहनुभएको छ ।’


Author

थप समाचार
x