कर्णाली

बादी समूदायका बालबालिकाको बाध्यता

स्कूल छाडेर धर्नामा

खाना, नाना र छानाका लागि संघर्ष

लक्ष्मी भण्डारी |
फागुन १६, २०७७ आइतवार १८:४२ बजे

सुर्खेत : दैलेख दुल्लुका १२ वर्षीय करन बादी एक साता यता बुवाआमासँगै धर्नामा छन् । दुल्लुको जनता आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत करन विद्यालय समयमा प्लेकार्ड बोकेर मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका हुन् ।

‘स्कुल जान मन त लाग्छ तर, बुवाआमा सबै यता आएपछि हामी कहाँ बस्ने ?’ करन भन्छन्, ‘दिउँसोमा त स्कुलका सर मिस र साथीहरुको याद आउँछ ।’ यतिका दिन पढाई  छुटेपछि अन्य साथीहरुभन्दा पछाडि परिने चिन्तामा उनी छन् । ‘कक्षामा कहिलेकाही दोस्रो पनि हुन्थे । तर अब त अरु साथीहरुले जित्छन्’ उनी चिन्ता गर्दै भन्छन्, ‘छिटो स्कुल जान पाए हुन्थ्यो ।’

घरजग्गा माग गर्दै एक सातादेखि कर्णालीका बादी समूदाय राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरिरहेका छन् । आन्दोलनमा उनीहरुका बालबच्चाहरु छन् । पढ्ने लेख्ने हातमा प्लेकार्ड र ब्यानर बोकेर बस्ने बालबालिका पनि घर र खेती गर्ने जग्गाको माग गर्दै आमाबुवासँगै चर्का नारा लगाउँछन् ।

उनीसँगै धर्नामा बसेकी छन्, दुल्लुकै करिस्मा बादी पनि । उनी पनि ६ कक्षामा अध्ययन गर्छिन् । धेरै दिनसम्म पढाई छुटेकोमा उनको पनि चिन्ता छ । ‘अरु साथीहरु कति अगाडी गए होलान हामी पछाडि हुने भयौँ’ उनी भन्छिन्, ‘अब छुटेका पाठहरु पढ्न धौ धौ हुन्छ ।’ 

किताब र कापी बोकेर विद्यालय जानुपर्ने समयमा आमाबुवासँग धर्नामा बस्ने करन र करिस्मा मात्र छैनन्, एक कक्षामा पढ्ने भावना बादी पनि छिन् । अबोध यी बालबालिकालाई पढाईको चिन्ता त छ । तर आमाबुवाको अधिकारको लडाईमा बाध्यता जोडिएको छ ।

उनीहरु पढाई छाडेर धर्नामा बस्दा त्यति विघ्न दुःखी छैनन् । बरु धेरै मान्छेहरुको बीचमा हास्दै, खेल्दै रमाइलो गर्न पाएकोमा खुशी पनि छन्  । उनीहरुका नयाँ साथी रोशनी र अस्मिता पनि बनेका छन् । जो बुवाआमाले चर्का नारा लगाउँदा ओठमा ओठ मिलाउँछन् । घाटी सुकाई सुकाई नारा चर्काउँछन् । 

घरजग्गा माग गर्दै एक सातादेखि कर्णालीका बादी समूदाय राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरिरहेका छन् । आन्दोलनमा उनीहरुका बालबच्चाहरु छन् । पढ्ने लेख्ने हातमा प्लेकार्ड र ब्यानर बोकेर बस्ने बालबालिका पनि घर र खेती गर्ने जग्गाको माग गर्दै आमाबुवासँगै चर्का नारा लगाउँछन् ।

यो समुदायका अगुवा हरि वादीका अनुसार झण्डै एक सय विद्यार्थीहरु पढाईबाट वञ्चित हुनुपरेको छ । पढ्ने बेलामा आफ्ना छोराछोरीहरु पनि सँगै आउन बाध्य भएको उनको दुःखेसो छ । ‘बस्नलाई बास छैन । कुटो कोदाले गर्ने छैन’ उनी भन्छन्, ‘छोराछोरीको पढाई त यसै बिग्रिने भयो नै ।’

एक साता जमिन र घरको माग गर्दै आएका कर्णालीका बादी समूदायहरुले आफ्ना मागको सुनुवाई नभए जंगल फाडेर बस्ने चेतावनी दिएका छन् । पाँच दिनसम्म पनि खुल्ला आकाशमुनि धर्नामा बस्दा आफ्ना मागप्रति कर्णाली सरकारले सुनुवाई नगरेको भन्दै उनीहरु जंगल फाडेर बस्ने चेतावनी दिएका छन् ।

माछा मार्ने, बालुवा चाल्ने र मादल बनाएर गुजारा चलाउँदै आएका वादी समूदाय परम्परागत पेशा लोप भएपछि संकटमा परेका हुन् । जमिन र घर माग्दै आएका बादी समुदायसँग अहिले छाना, नाना र खाना छैन । चिसो मौसममा खुल्ला आकाशमुनि धर्नामा बसिरहेका छन् । साना काखेबच्चा च्यापेर धर्नामा बस्ने धेरैको दैनिकी कष्टकर छ । 

कर्णाली सरकार र बादी समूदायका अगुवाको शुक्रवार भएको छलफलबाट शिक्षा, स्वास्थ्यको व्यवस्थापन गरिदिने र जमिनको लागि जिल्ला प्रशासन कार्यालयमा छलफल गरिने सहमति भएपछि सिडिओको निर्णय पर्खिएको अर्का बादी अगुवा खिमबहादुर बादीले बताए ।  

‘मुख्यमन्त्रीसँग भएका सहमति मौखिक मात्र भएकोले यो लिखित सहमति हुनुपर्छ’ उनले भने, ‘जमिनको लागि सिडिओ कार्यालयबाट हामीलाई कस्तो निर्णय हुन्छ त्यही अनुसार अघि बढ्छौ ।’

बादी समूदायको एकीकृत बस्ती विकासको लागि धर्नामा बसेको पार्वती बादीले बताइन् । सबैभन्दा पहिला जमिनको व्यवस्था हुनुपर्ने उनको भनाई छ । ‘हामीलाई गास, बास र कपासको व्यवस्था हुनुपर्छ’ उनी भन्छिन्, ‘हामी पनि यही देशको नागरिक हौ ।’ यसरी लामो समयसम्म धर्नामा बसिरहँदा बालबच्चाको भविष्य अन्धकार हुने डर पार्वती जस्ता अभिभावकलाई छ । 

माछा मार्ने, बालुवा चाल्ने र मादल बनाएर गुजारा चलाउँदै आएका वादी समूदाय परम्परागत पेशा लोप भएपछि संकटमा परेका हुन् । जमिन र घर माग्दै आएका बादी समुदायसँग अहिले छाना, नाना र खाना छैन । चिसो मौसममा खुल्ला आकाशमुनि धर्नामा बसिरहेका छन् । साना काखेबच्चा च्यापेर धर्नामा बस्ने धेरैको दैनिकी कष्टकर छ । 

खुल्ला चौरमा धर्नामा बसेका वृद्ध तथा गर्भवती महिलाहरुलाई झन् ठूलो समस्या छ । कतिपयलाई रुघा खोकी र ज्वरो आउने समस्या देखिएको उनीहरुको भनाई छ । धर्नामा कालिकोट, दैलेख र सुर्खेतका आठ सय बढी बादी समूदायको सहभागिता छ । 
 
Author

थप समाचार
x