कर्णाली

मुगुको छायानाथका दुई वटा वडामा कांग्रेस विजयी

इकागज |
जेठ १, २०७९ आइतबार ७:४३ बजे

मुगु- मगुको छायानाथ रारा नगरपालिकाका दुई वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

वडा नम्बर १ मा पदमराज मल्ल २ सय ५७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् भने निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्रबहादुर मल्लले २ सय ३९ मत पाए । 


वडा नम्बर १४ मा कांग्रेसका जुनबहादुर खड्का ४०२ मतसहित विजयी भएका छन् । एमालेका नन्दलाल बडुवाल पराजित भए । 


Author

थप समाचार
x