सुदूरपश्चिम

प्रहरीले फेला पार्‍यो लुकाएर राखेको २५ लाख भारतीय रुपैयाँ

इकागज |
जेठ १३, २०७९ शुक्रबार ७:३४ बजे

कैलाली- कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका– ४ सुन्दरपुर दुर्गा चलाउनेको घर नजिक खेतमा र घोडाघोडी नगरपालिका–८ का लालबहादुर थापाको घर नजिक खाडलमा लुकाएर राखेको अवस्थामा प्रहरीले नगद र सुन फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन फेला परेको हो । 


नगद र सुनबारे अनुसन्धान अनुसन्धान भइरहेको कैलाली प्रहरीका प्रवक्ता डिएसपी बेद प्रकाश जोशीले बताए ।


Author

थप समाचार
x