सुदूरपश्चिम

गुड्‌दा-गुड्‌दैको सरकारी सवारी साधन एमाले कार्यकर्ताहरूले रोकेपछि... (तस्बिरहरू)

इकागज |
असार ८, २०७९ बुधबार १२:१४ बजे

कैलाली- नेकपा एमालेका कार्यकर्ताहरूले पेट्रोलियम पदार्थलगायतका वस्तुहरूमा भएको मुल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरू सञ्चालनमा अवरोध गरेका छन् ।


नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धनगढी क्षेत्रमा सरकारी सवारी साधन सञ्चालनमा आउन नदिने बताएका छन् । 

आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर सवारीसाधन नियन्त्रणमा लिएका छन् ।

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालयलगायतका गाडी र करिब २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर कमिटी संयोजक अविषेक नाथले बताए । उनले नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छाडिने बताए ।


Author

थप समाचार
x