सुदूरपश्चिम

हामी संसदवादी हुने कुरा मेरो जीवनकालमा असम्भव : विप्लव

इकागज |
असार १०, २०७९ शुक्रबार ६:५९ बजे

फाइल तस्बिर

कैलाली- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिको लागि अनुकूल रहेको बताएका छन् । नेकपाको सेती महाकाली ब्युरोको राजनीतिक प्रशिक्षण कार्यक्रम कार्यकर्तालाई प्रशिक्षित गर्दै वर्तमान परिवेश क्रान्तिका लागि अनुकूल भएको दाबी गरेका हुन् । 

‍'हाम्रो देश नेपालको हकमा  संसदीय व्यवस्था असफलताले गर्दा राज्य व्यवस्थाप्रति जनताको उच्च वितिष्ण पैदा भएको र नेपाली जनताले यो संसदीय व्यवस्थाको विकल्प खोजिरहेका छन् र बदलिँदो विश्वमा पनि विगतको जस्तो एक ध्रुवीय विश्व राजनीति नरहेको अहिले विश्व दुई ध्रुवमा अगाडि बढिरहेको हुँदा क्रान्तिको लागि यो पनि सकारात्मक कुरा रहेको छ' महासचिव विप्लवले भने 'इतिहासको पेरू र इन्डोनेसियाको उदाहरण दिँदै विप्लवले भने विगतमा जसरी अमेरिकाले यी देशका कम्युनिस्ट व्यवस्थालाई ढाल्न जसरी भूमिका खेल्यो अहिले विश्वमा त्यो सम्भव छैन ।'


'विश्वमा पूँजीवादी देशहरू र समाजवादी देशहरूको प्रतिस्पर्धा रहेको छ जसका कारण समाजवादी देशहरूले क्रान्तिको पक्षमा नै सहयोग गर्छन । रसियन ,चीन, उत्तर कोरिया, क्यूबा जस्ता कम्युनिस्ट देशले क्रान्तिलाई नै सहयोग पुर्‍याउने बताउँदै यसरी अन्तर्राष्ट्रिय स्थिति क्रान्तिकै पक्षमा छ' विप्लवले भने 'त्यसैगरी नेपालमा पनि संसदीय व्यवस्था गतिविधिप्रति जनताको चरम आक्रोश रहेको हुँदा क्रान्तिलाई माया गर्ने प्रवृत्ति रहेको नेपाली जनताले हाम्रो महान लक्ष्य वैज्ञानिक समाजवाद स्थापना गर्ने मार्गमा हामीलाई जनताले इमान्दारीपूर्वक साथ दिने छन्  र केवल हामीले आफूभित्रका गलत व्यवहार त्याग्दै क्रान्तिको पक्षमा दृढता पूर्वक लाग्‍नुपर्छ ।'  

पार्टीबाट छाडेका कन्चन-सुदर्शनले भने जस्तो हामी संसदवादी हुने कुरा कल्पना पनि गरिँदैन त्यो मेरो जीवन कालमा असम्भव कुरा रहेको बताए । सबै सच्चा क्रान्तिकारीहरू मिलेर यो संसदीय व्यवस्था ढाल्न र मजदुर सर्वहाराको राज्य व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न अन्तिमसम्म लड्ने कुरामा कुनै शंका नरहेको विप्लवले दाबी गरे । 

केन्द्रीय समितिको आयोजनामा धनगढीमा  नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोको प्रशिक्षण सचिवालय सदस्य विषम, केन्द्रीय सदस्यहरू चूडामणी ओली, विवेक कुमाल, डबल शाह , केन्द्रीय कार्यालय सचिव असल खड्कालगायतका नेताहरू तथा सुदूरपश्चिमका कार्यकर्ताको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x