सुदूरपश्चिम

पाँच लाख बढीको अवैध सामान बरामद

इकागज |
असार ११, २०७९ शनिबार १७:५४ बजे

कैलाली- धनगढीमा सशस्त्र प्रहरीले ५ लाख बढीको अवैध सामानसहित अटोरिक्सा बरामद गरेको छ । शनिबार बिओपी धनगढी त्रिनगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले धनगढी उपमहानगरपालिका १० त्रिबेणीघाट ईलाकाबाट उक्त सामान बरामद गरेको हो । 

भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको कपडा, चप्पल र अटोरिक्सा बरामद गरिएको सशस्त्र प्रहरी नम्बर ३४ गणले जानकारी दिएको छ । 


से१ ह ११८१० ईअटोरिक्सा र (पेट्रोल अटो) से१ स ३६५९ बाट कपडा र चप्पलसहित करिब ५ लाख ५७ हजार ३६० बराबरको सामान बरामद गरेर आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।


Author

थप समाचार
x