सुदूरपश्चिम

कैलालीमा चट्याङले फेरि अर्का एक जनाको ज्यान गयो

इकागज |
असार १४, २०७९ मंगलबार १०:५८ बजे

कैलाली- कैलारी गाउँपालिका- १ रानामुडामा चट्याङमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्नुराम चौधरीकी श्रीमती वर्ष ५६ की सुगपंखी देवी चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । 

घर नजिकै खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते भइ उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए । 


मृतक चौधरीको शव सेती प्रादेशिक अस्पताल धनगढीमा रहको प्रहरीले जानकारी दिएको छ । 

यसअघि आजै कंचनपुरमा दुईजना र कैलालीम एकजनाको मृत्यु भैसकेको छ भने एकजना घाइते भई उपचाररत रहेको कंचनपुर प्रहरीले जानकारी दिएको छ 


Author

थप समाचार
x