सुदूरपश्चिममा ९ प्रशिक्षार्थी प्रहरी जवान बेहोस : एक जना आइसियूमा, एक भेन्टिलेटरमा
कैलाली- सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिम गरिरहेका ९ जना प्रहरी जवान प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ। अत्याधिक गर्मीका कारण १० किलोमिटर दौडका क्रममा ९ जना बेहोस भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बेहोस भएका उनीहरूलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचारका क्रममा गम्भीर राजु चौधरीलाई आइसियूमा राखिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए। अन्य ७ जना भने सामान्य उपचारपछि फर्किएका छन्।
तालिमका क्रममा रहेका उनीहरू भदौंमा पासआउट हुने बताउँदै डिएसपी जोशीले सुदूरपश्चिम प्रदेश दिपायल तालिम केन्द्रमा बढी प्रशिक्षार्थी भएका कारण केहीलाई धनगढी र केहीलाई महेन्द्रनगरमा तालिम प्रदान गरिरहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया