एमाले अनुपस्थित भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
धनगढी - सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ ।
सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् ।
प्रदेशसभा बैठक सुरु भएलगत्तै सभामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया