सुदूरपश्चिम

डोटीमा ५८ करोड बढी राजस्व संकलन, एक अर्ब फ्रिज

इकागज |
साउन ४, २०७९ बुधबार २१:२१ बजे

डोटी- डोटीमा गत आर्थिक वर्ष २०७८/७९ मा रु ५८ करोड करोडभन्दा बढी राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले दिएको जानकारीअनुसार जिल्लामा गएको आर्थिक वर्षको अन्तसम्ममा रु ५८ करोड २६ लाख ७१ हजार ४७३ राजस्व संकलन भएको छ ।

यसैगरी जिल्लामा रु एक अर्ब ५७ लाख ६० हजार ३६५ बजेट फ्रिज भएको छ । तोकिएको समयमा काम गर्न तथा रकम खर्च गर्न नसकिएका कारण जिल्लामा बजेट फ्रिज भएको बताइएको छ । जिल्लाका नौवटा स्थानीय तहमा संघीय सरकारमार्फत आएको कूल बजेटमध्ये बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाका स्थानीय तहमा संघीय सरकारमार्फत आएको कूल रु तीन अर्ब १९ करोड ४१ लाख ४० हजार ३०० मध्ये रु २० करोड ५३ लाख ३८ लाख ८८ हजार ३५६ फ्रिज भएको हो ।


बोगटान फुड्सिल गाउँपालिकामा रु ३२ करोड ६२ लाख १५ हजार रकम विनियोजन भएकोमा रु चार करोड एक लाख ७४ हजार ३५२ फ्रिज भएको छ । यस्तै सायल गाउँपालिकामा कूल विनियोजित र ३० करोड ९४ लाख नौ हजारमध्ये रु ४४ लाख तीन हजार १७४ फ्रिज भएको छ ।

उता जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको दिपायल सिलगढी नगरपालिका मा रु ४२ करोड ३५ लाख १४ हजार बजेट विनियोजित भएकोमा रु चार करोड ९३ लाख १७ हजार ७५७ बजेट फ्रिज भएको छ । केआइसिंह गाउँपालिकामा रु दुई करोड ९३ लाख ६२ हजार ५९६ रकम फ्रिज भएको छ । शिखर नगरपालिकामा रु चार करोड पाँच लाख ८० हजार ९३ रकम फ्रिज भएको छ । जोरायल गाउँपालिकामा रु एक करोड ६५ लाख ३७ हजार २१८ बजेट फ्रिज भएको छ ।​

बडिकेदार गाउँपालिकामा रु एक करोड पाँच लाख बजेट फ्रिज भएको छ । आदर्श गाउँपालिकामा रु ८३ लाख बजेट फ्रिज भएको छ । पूर्वीचौकी गाउँपालिकामा रु ६२ लाख १३ हजार १६६ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ । समग्र जिल्लामा पुँजीगततर्फ रु एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा रु एक अर्ब १९ करोड ३५ लाख ८२ हजार ४४५ मात्रै खर्च भएको छ । चालुतर्फ रु छ अर्ब ७० करोड आठ लाख ३५ हजार ९६५ मध्ये रु छ अर्ब ३४ करोड ८३ लाख आठ हजार ५५४ खर्च भएको बताइएको छ । रासस


Author

थप समाचार
x