सुदूरपश्चिम

स्वास्थ्यकर्मी नहुँदा कार्तिकेले बाटोमै जन्माइन् सन्तान

इकागज |
साउन ५, २०७९ बिहीबार २१:३ बजे

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक फयालगाउँमा स्वास्थ्यकर्मी नभएपछि एक जना महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ ।

फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुदा वडा नं एक मुक्तिकोटकी कार्तिके विकले बाटोमै सन्तान जन्माउनु परेको छ ।


गाउँपालिकाबाट यस अघि नियुक्त भएका करार कर्मचारीको चालु आर्थिक वर्षका लागि करार म्याद थप नगरी कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक गोष्ठीमा गाउँपालिका गएका बेला प्रसूति हुन पुगेकी विक फर्किदै गर्दा बाटोमै बच्चा जन्माउन पुगेकी हुन् । कार्तिके विक र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।


Author

थप समाचार
x