१७ लाख ६६ हजारसहित दुई भारतीय पक्राउ
कैलाली- सशस्त्र प्रहरीले धनगढीबाट स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-१ स्थित शान्ति टोलबाट दुई जना भारतीयसहित १७ लाख ६६ हजार ६७० भारतीय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ सोही टोलका बिबेक चन्द (१७) र सरोज धामी (१८) रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीले जानकारी दिएको छ । पक्राउ परेका र रकम राजश्व कार्यालय कोहलपुर पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया