सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

इकागज |
साउन २५, २०७९ बुधबार १०:३४ बजे

कैलाली - स्वास्थ्यमा समस्या आएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छ्न् । हिजो साझदेखि ज्वरो आएको र ज्वरो बढ्दै गएपछि अस्पताल भर्ना गरिएको मुख्यमन्त्रीका स्वकीय सचीव सिवसिंह ओलीले जानकारी दिए। 

मुख्यमन्त्री भट्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको उनले बताए । 


अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेर बहादुर कमरले प्रारम्भिक परिक्षणमा सामान्य भाइरल ज्वरो देखिएको बताउँदै अन्यकुराको समेत जाँच भैरहेको बताए ।


Author

थप समाचार
x