सुदूरपश्चिम

विशेषज्ञ वडा क्लिनिकबाट साउनमा मात्रै ४ हजार बढीले पाए उपचार

इकागज |
साउन ३०, २०७९ सोमबार २१:४६ बजे

कैलाली - कैलालीको धनगढी उपमहानगरपालिकाको विशेषज्ञ वडा क्लिनिकबाट साउन महिनामा ४ हजार बढीले निःशुल्क उपचार सेवा लिएका छन्। 

साउन १ गते वडा नम्बर १९ बाट सुरु भएको विशेषज्ञ वडा क्लिनिकमा हालसम्म ४ हजार २८१ जनाको उपचार गरिएको उपमहानगर पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । 


स्वास्थ्य शाखाका प्रमुख कृष्ण बहादुर बोहरले वडा क्लिनिकमा २ हजार ९१९ व्यक्तिले जनरल फिजिसियन र १ हजार ३६२ ले स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा लिएको बताए । 

धनगढी उपमहानगरपालिकालाई ५ वर्षसम्म हरेक महिना विशेषज्ञ वडा क्लिनिक सञ्चालनका लागि भाटभटेनी सुपर मार्केटले सहयोग गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ । 

उपमहानगरलाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न धनगढीमा रहेको भाटभटेनी सुपर मार्केटले विशेषज्ञ स्वास्थ्यकर्मीको तलब भत्ता पाँच बर्षसम्म  दिने सम्झौता गरेको थियो ।


Author

थप समाचार
x