सुदूरपश्चिम

कुटपिट मुद्दाका अभियुक्त हतकडीसहित फरार

इकागज |
भदौ १०, २०७९ शुक्रवार १८:७ बजे

सांकेतिक तस्बिर

कैलाली- कुटपिट मुद्दाका अभियुक्त हतकडीसहित फरार भएका छन् । कैलालीको जोशिपुर गाउँपालिका ४ का शंकर चौधरी हतकडीसहित फरार भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अन्दाजी २८ वर्षीय शंकर चौधरीलाई उनकै बुवाले कुटपिट सम्बन्धी दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेर ल्याउँदा उनी बाटोबाटै फरार भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले इलाका प्रहरी कार्यालय जोशीपुरको टोलीले चौधरीलाई पक्राउ गरी ल्याउँदै गर्दा हतकडीसहित पथरैया नदीमा हामफालेर फरार भएकाे बताए । 

फरार चौधरीको खोजीका लागि ईलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी नायब निरीक्षक चंखबहादुर कठायतको र ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा टोली खटिई खोज्‍ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।


Author

थप समाचार
x