सुदूरपश्चिम

धनगढीका १७ सहित २० जनामा कोभिड संक्रमण

इकागज |
चैत ३१, २०७७ मंगलबार १२:१९ बजे

धनगढी : कैलालीको धनगढीका १७ सहित २० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४९ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीका १७, भजनी नगरपालिकाका दुई र कञ्चनपुरको बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । 

भारतमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमानाकामा स्वदेश फर्किनेको लर्को लागेसंगै सुदूरपश्चिममा जोखिम बढेको छ । पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा स्वदेश फर्किनेको भीड हुने गरेको छ । अहिलेसम्म भारतबाट फर्किरहेकाहरुमा कोरोना परीक्षण गर्दा ५ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । तर भारतबाट फर्किने सबैको कोरोना परीक्षण हुन सकेको छैन् ।



Author

थप समाचार
x