सुदूरपश्चिम

कैलाली ५ को प्रदेश सभा ‘ख’मा कांग्रेसका तीन दर्जन नेताहरूको दाबी

इकागज |
भदौ १४, २०७९ मगलवार ९:२३ बजे

कैलाली- आगामी संसदीय निर्वाचनमा कैलाली ५ को ‘ख’ प्रदेश सभामा नेपाली कांग्रेसका करिब तीन दर्जन नेता कार्यकर्ताहरूले दाबी पेस गरेका छन् । सोमबार बसेको प्रदेश ‘ख’ कार्यसमितिको बैठकमा ४५ जनाले आकांक्षीको फारम भरेका हुन् ।

उनीहरूमध्ये केही प्रत्यक्ष केही समानुपातिकमा र केहीले दुबैमा दाबी गरेका छन् ।


प्रदेश सभाका आकांक्षीहरूबाट शुल्कसमेत लिइएको छ । उनीहरू प्रत्येकबाट संघका लागि ५ हजार र प्रदेशका लागि २ हजारका दरले शुल्क लिएपछि त्यसको विरोध शुरु भएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आकांक्षीहरू कसैबाट पनि शुल्क नलिन गरेको उर्दि कैलाली कांग्रेसले भने उल्‍लघंन गरेको छ । 

यता नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले शुल्कबारे पार्टीले कुनै निर्णय नगरेको बताए । उनले उम्मेदवार हुन इच्छुकहरुले आफुखुशी रकम दिएको दाबी गरे ।


Author

थप समाचार
x