सुदूरपश्चिम

सांसद, पूर्वमेयरसहित ठूलाे टिम समाजवादी छाडेर एमाले प्रवेश

इकागज |
भदौ १५, २०७९ बुधवार १५:४९ बजे

कैलाली । सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा आवद्ध नेताको एउटा जमातै एमालेमा फर्किएको छ। बुधबार कञ्चनपुरमा आयोजित कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्।

नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ मा उनीहरु एमालेमा फर्किएका हुन्। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता एमालेमा फर्केका हुन्। यस्तै आजै मात्रै वर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी पनि एमालेमा फर्किएका छन्। उनीहरु सबैलाई अध्यक्ष ओलीले स्वागत गरेका हुन ।



Author

थप समाचार
x