सुदूरपश्चिम

सुदूरपश्चिम सरकारले गर्‍यो गौरा पर्वमा दिएको सार्वजनिक बिदा कटौती

इकागज |
भदौ १६, २०७९ बिहीबार १०:० बजे

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा दिएको सार्वजनिक बिदा कटौती गरेको छ । भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले बिदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख गरेको थियो। तर बुधबार एक सूचना जारी गर्दै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले थपिएको एक दिनको बिदा काटिएको जनाएको छ।



Author

थप समाचार
x