सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री डोटीबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

इकागज |
भदौ २३, २०७९ बिहीबार २१:५८ बजे

फाइल फोटो

काठमाडौँ - सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका छन् । आगामी निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डोटीले भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।

२०७४ सालको निर्वाचनमा पहिलो प्रदेशसभा निर्वाचनमा डोटी जिल्लाको निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित भट्टले २०७४ फागुन ५ गते मुख्यमन्त्रीको सपथ लिएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए ।



Author

थप समाचार
x