सुदूरपश्चिम

डा. केसीले धनगढी पुगेर सुरू गरे आफ्नो २० औँ सत्याग्रह

इकागज |
भदौ २७, २०७९ सोमबार १८:७ बजे

कैलाली- सत्याग्रहका लागि कैलालीको धनगढी आइपुगेका चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसीले आफ्नो २०औँ सत्याग्रह सुरू गरेका छन् । धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित सत्याग्रह सुरू गरेका हुन् ।

डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई भदौ २८ सम्म अल्टिमेटम दिएका थिए । तर, आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीले बताए । 


'प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह बसेपछि माग सम्बोधन हुन्छ कि,’ उनले भने ।

सत्याग्रहकाे दाैरानमा डा. केसीले सादा पानी मात्रै पिउने बताए ।


Author

थप समाचार
x