सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इकागज |
असोज ७, २०७९ १६:३ बजे

कैलाली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार मन्त्री सोडारीकी श्रीमती गिता सोडारीविरुद्ध अख्तियार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गिताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका ९ स्थित शिव माविमा गिताले राहत शिक्षकका रूपमा काम गरेकी थिइन् ।


बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो । उनले नेपाल सरकारलाई नोक्सानी पुर्‍याउने बदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


Author

थप समाचार
ad
x