सुदूरपश्चिम

गाईबस्तु चराउन गएका १० जना मोहना नदीको बाढीमा फसे

इकागज |
असोज ९, २०७९ आइतबार १९:२८ बजे

फाइल तस्बिर

कैलाली- अचानक नदीमा बाढी आउँदा गाईबस्तु चराउन र घासदाउरा गर्न गएका धनगढी उपमहानगरपालिका १८ का करिब १० जना मोहना नदीको बीचमा फसेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा केहीलाई उद्धार गरिएको र बाँकीको उद्धार गर्ने काम भैरहेको बताए । 


आइतबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण नदिएमा जलस्तर बढ्न गएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन कैलाली प्रशासनले आग्रह गरेको छ ।


Author

थप समाचार
x