सुदूरपश्चिम

मिडिया कप फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्चलाई

इकागज |
असोज १४, २०७९ शुक्रबार १३:३८ बजे

कैलाली । धनगढीमा बिहीबार देखि शुरु भएको ‘निसर्ग हस्पिटल मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जितेको छ । आयोजकले प्रतियोगितामा उपाधि जित्दै नगद २५ हजार, मेडल र ट्रफी समेत हात पारेको छ ।

प्रतियोगितामा चडेपानी ब्वाइज दोश्रो भएको छ । आयोजकले ३-२ को स्कोर निकाल्दै जित हासिल गरेको हो । उपविजेता चडेपानी ब्वाइजले नगद १५ हजार, मेडल र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा बेस्ट स्कोरर, बेस्ट प्लेयर र बेस्ट गोलकिपरको उपाधि क्रमश: आयोजक क्लबका महेन्द्र बम, सीताराम ओझा र उपबिजेता टिकमा टंक कुंवर घोषित भए । त्यस्तै प्रतियोगितामा फेयर टिमको उपाधि बर्गगोरिया पत्रकार टिमले प्राप्त गरेको छ ।


खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दशैको अवसर पारेर दोस्रो संस्करणको मिडिया कप फुटसल प्रतियोगिता ६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइएको थियो ।


Author

थप समाचार
x