सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघकाे अध्यक्षमा स्वार विजयी

इकागज |
मंसिर १६, २०७९ शुक्रबार २२:६ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १६ औ वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट लक्ष्मणकुमार स्वार विजयी भएका छन् । 

आगामी ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा स्वारले आफ्ना प्रतिपक्षी हरिप्रसाद भट्टलाई १०९ मतले पराजित गरेका छन् । स्वारले २१५ मत ल्याउँदा भट्टले १०६ मत मात्रै प्राप्त गरे ।


यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार कपाडी विजयी भएका छन् । कपाडीले गंगाबहादुर शाहलाई पराजित गरेका छन् । कपाडीले १९२ मत प्राप्त गर्दा शाहले १२० मत मात्रै प्राप्त गरेका छन् । 

त्यस्तै उपाध्यक्षमा लक्ष्मणबहादुर साउद २३२ र मदन मोहन बिष्ट १२१ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षका प्रत्यासीद्वय रघुबिर सिंह साउदले ११२ र रमेश सिंह खडायतले ८६ मत मात्रै प्राप्त गरेका थिए ।

त्यस्तै संघको महासचिवमा खेमराज जोशी २०२ मत प्राप्त गरि विजयी भएका छन् । महासचिवका प्रत्यासी चन्द्रबहादुर शाहले ११२ मत मात्रै प्राप्त गरे । 

यसैगरी नीतिगत उप-महासचिवमा आङदावा शेर्पा विजयी भएका छन् । शेर्पाले  २०२ मत प्राप्त गर्दा यज्ञराज जोशीले ११५ मत मात्रै ल्याएका छन् । 

संघको आन्तरिक उप-महासचिवमा  राजेश गिरि विजयी भएका छन् । गिरिले दर्शनबहादुर खड्कालाई ५३ मतले पराजित गरेका छन् । गिरिले १८२ मत ल्याउँदा खड्काले १२९ मत मात्रै ल्याएका छन् । 

यसैगरी, सदस्यहरूमा ललितबहादुर बोहरा (२२१), शुनिल कुवंर (१९०), केशव राज भट्ट (१८९), पदम बहादुर भण्डारी (१७७) र आशिषकुमार खत्री (१६६) मतका साथ विजयी भएका छन् ।

यसअघि संघको साधारणसभाबाट ८ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कोषाध्यक्षमा निर्मलकुमार देउवा र सह-कोषाध्यक्षमा गणेशबहादुर खड्का रहेका छन् । त्यस्तै, महिला सदस्यद्वय बिमला देवी श्रेष्ठ र शक्ति पन्त समेत निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै,  निर्विरोध निर्वाचित हुने सदस्यहरू माधवप्रसाद चौधरी, दाउत तामङ, तुलाबहादुर राना र गोरे सिंह ऎर रहेको मुख्य निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए । 

संघको ३४३ सदस्य मध्ये ३२६ जनाले मतदान गरेका थिए ।


Author

थप समाचार
x