सुदूरपश्चिम

भारतले रोक्यो महाकालीमा तटबन्धको काम (पत्रसहित)

इकागज |
मंसिर २१, २०७९ बुधबार ११:५६ बजे

दार्चुला- दार्चुलाको महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्कालका लागि रोकेको छ । स्थानीयवासीको निरन्तर आक्रोशपछि नदीको बहाव नेपालतिर धकेल्ने विवादित संरचना निर्माणको काम तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए ।

दुवै देशका अधिकारीको छलफलमा भारतीय पक्षले अहिलेलाई संरचना निर्माणको काम रोक्न तयार भएको प्रजिअ उपाध्यायले इकागजलाई बताए । भारतीय पक्षबाट पटक–पटक महाकालीको बहाव नेपालतर्फ धकेलेर खलङ्गा बजार बगाउन खोजिएको स्थानीयवासीको गुनासो छ ।


यसैबारेमा आज दिनको १२ बजे भारतीय पक्षले बैठक राख्ने र बाँकी कुरा आजको बैठकमा जानकारी गराउने तयारी छ ।

अहिले नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भारतमा हुने दुई देशको छलफलका लागि आफू जान लागेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले इकागजलाई बताए ।

यस्तो छ भारतीय पक्षले लेखेको पत्र

र, यो पनि


Author

थप समाचार
x