सुदूरपश्चिम

नागरिक उन्मुक्तिले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने, मुख्यमन्त्री रावलको पद संकटमा

इकागज |
माघ २४, २०७९ मंगलबार १३:४४ बजे

कैलाली - नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । डिल्लीबजार कारागारमा आज रेशम चौधरीसँगको भेटपछि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने एक सांसदले बताए ।

प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। योसँगै मुख्यमन्त्री रावलको पद संकटमा पर्ने भएको छ ।


उन्मुक्ति पार्टीको उच्च स्रोतका अनुसार आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि विश्वासको मत नदिने प्रष्ट पारेको छ ।


Author

थप समाचार
x