सुदूरपश्चिम

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री रावलले बुझाए राजीनामा

इकागज |
माघ २६, २०७९ बिहीबार १९:६ बजे

कैलाली- सुदूरपश्चिम प्रदेशमा विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा बुझाएका हुन् ।  

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले बिहीबार माघ २६ गतेभित्रै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गरेका थिए । तर, उनको प्रस्तावलाई बहुमत प्रदेश सभा सदस्यले अस्वीकृत गरेपछि उनले राजीनामा दिएका हुन् ।



Author

थप समाचार
x