सुदूरपश्चिम

रेशम चौधरीको घर पुगेर मुख्यमन्त्री शाहले भने- रिहा गर्न पहल गर्छु

इकागज |
माघ २८, २०७९ शनिबार १२:१८ बजे

कैलाली - मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्टै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका छन् । जानकी गाउँपालिका ६ जगतपुर पुगेर मुख्यमन्त्री शाहले रेशमलाई रिहा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

रेशमको घर पुगेर आमा सुल्फी देवी चौधरीलाई भेट्दै मुख्यमन्त्री शाहले यस्तो प्रतिबद्धता जनाएका हुन् ।


टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको बताउँदै मुख्यमन्त्री शाहले सदियौँदेखिको सामाजिक भाइचारा फर्काउन आफूले पहल गर्ने बताए ।

रेशमको रिहाइ कहिले हुन्छ भन्ने परिवारको जिज्ञासामा मुख्यमन्त्री शाहले केन्द्र सरकारसँग रिहाइको लागि आफूले सक्दो प्रयास गर्ने बताए ।


Author

थप समाचार
x