सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने

इकागज |
फागुन २०, २०७९ शनिबार ९:५० बजे

कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भोलि (आइतबार ) विश्वासको मत लिने भएका छन् । मत लिनेबारे शाहले शुक्रबार साँझ प्रदेश सभा सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराएका छन् । यसअघि गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

रावलले तोकेको समयमा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपाली काँग्रेसका संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका थिए ।


केन्द्रमा कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति लगायत दलको समीकरण बनेपछि प्रदेशमा शाहले विश्वासको मत पाउने लगभग पक्का भएको हो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ।

कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सदस्य छ्न् भने एमालेका १० र राप्रपाको एक गरी विपक्षमा ११ मत छ।


Author

थप समाचार
x