सुदूरपश्चिम

मुख्यमन्त्री शाहकाे गुनासाे

'संघीय सरकारले प्रदेशलाई अधिकार दिए जस्तो गरी ललिपप मात्रै देखायाे'

इकागज |
जेठ ९, २०८० मगलवार १४:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् ।​ मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् ।

उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे । उनले प्रदेश मातहतमा पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाधिकार जमाएको बताए ।


मुख्यमन्त्री शाहले प्राकृति स्रोत प्रदेश मातहतमा आए पनि स्वीकार गर्न नसकेको जिकिर गरे । उनले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरू केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाँटमा लडाइ गर्नुपरेको बताए ।

मुख्यमन्त्री शाहले केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरूमा बाँडफाँटमा एकाधिकार गरेको बताए । उनले सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न नपाएको गुनासो गरे ।


Author

थप समाचार
x