सुदूरपश्चिम

सुदूरपश्चिमको बजेट अधिवेशन : के भन्छन् सांसदहरू ?

इकागज |
जेठ १४, २०८० आइतवार ७:३८ बजे

फाइल तस्बिर

कैलाली- सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन सुरु भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन (बजेट अधिवेशन) शनिबारदेखि सुरु भएको हो । 

बैठकको विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामीले प्रदेशलाई नमूना प्रदेश बनाउन यसका आधार खोजेर सामूहिकरूपमा अघि बढ्नुपर्ने बताएका छन् । 


देवभूमिको रूपमा चिनिने सुदूरपश्चिम प्रदेशका तीर्थस्थललाई उजार गर्न सकिएमा धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिमा योगदान पुग्ने धामीले बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका शिवसिंह ओलीले विगतको पाँच वर्षमा प्रदेश सरकार र प्रदेशसभाले गरेका कामको स्वामित्व ग्रहण गर्दै थप विकासका आधार तय गरेर अघि बढ्नुपर्ने बताए । 

यसैगरी प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट अधिवेशनले नागरिकलाई प्रदेशको विकास समृद्धि र सुखी नेपाली बनाउन अनुभूति दिलाउन सार्थक हुने विश्वास व्यक्त गरे । 

संघीयता लोकतन्त्र र समावेशी व्यवस्थालाई खल्बल्याउन देशी विदेशी शक्तिले षड्यन्त्र गरिरहेको बताउँदै प्रदेशको औचित्यमाथि प्रश्न उठाउने गरिएकोले संसद्को भूमिकालाई थप प्रखर बनाउन आवश्यकता रहेको रावलले बताए ।


Author

थप समाचार
x