सुदूरपश्चिम

ओडारमा बसेका दुई बालबालिकाको पहिरोले च्यापिएर मृत्यु

इकागज |
असार ३, २०७८ बिहीबार २२:४३ बजे

धनगढी : डोटीमा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको माथिबाट आएको पहिरोले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।


मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका-५ का ७ वर्षीय बालक बिनोद भण्डारी र मामाघरमा गएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी ११ वर्षीया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । बाख्रा चराउन गएका उनीहरू पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएर उनीहरूको मृत्यु भएको उनले बताए ।


Author

थप समाचार
x