सुदूरपश्चिम

महाकालीमा पानीको वहाब बढ्‍यो, सावधानी अपनाउन प्रशासनको आग्रह

इकागज |
असार ४, २०७८ शुक्रबार १०:३८ बजे

धनगढी : तीन दिनदेखि भइरहेको वर्षाले विभिन्‍न नदी र खोलामा बाढी आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदी तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । महाकाली नदीमा पानीको वहाब बढदै गएपछि तटिय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै वर्षाका कारण महाकाली नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्‍न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेको हो । महाकाली नदीमा पानीको वहाब बढेर ५ सय ८० सेन्टिमिटर पुगेको दत्तु प्रहरी चौकीले जनाएको छ । जिल्लाका केही साना नदीमा पनि वहाब बढेको प्रहरीले जनाएको छ ।


८ वर्षअघि महाकाली नदीमा आएको बाढीले ठूलो क्षति गरेको थियो । नदीले जिल्ला सदरमुकामका थुप्रै घर बगाउनुका साथै सयौं हेक्टर जमिन कटान गरेको थियो । जसले जिल्ला सदरमुकामको भौगोलिक स्वरूप नै परिवर्तन भएको छ ।


Author

थप समाचार
x