सुदूरपश्चिम

महाकालीको बहाव खतराको सतहभन्दा माथि, नदी छेउमा नजान प्रहरीद्वारा माइकिङ

इकागज |
असार ५, २०७८ शनिबार ६:५२ बजे

धनगढी : महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । दार्चुलाको दत्तुमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले राति १० बजे निकालेको सूचना अनुसार जलमापन केन्द्रमा ६.७ मिटर पुगेको छ भने सदरमुकाम खलंगाको पुलघाटमा ४.५ मिटर पुगेको छ ।  


प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले महाकाली नदीमा बाढीले खतराको सतह पार गरेको भन्दै सतर्कता अपनाउन जिल्लाबासीमा आग्रह गरेका छ्न् । नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ । यस्तै प्रहरीले सबै क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

दार्चुलाको महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका महाकाली नदी किनार क्षेत्रका बासिन्दाले सचेतना अपनाउन भनिएको छ । प्रशासनले नदीछेउछाउ नजान स्थानीयलाई आग्रह गरेको छ ।


Author

थप समाचार
x