सुदूरपश्चिम

लागूऔषध मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

इकागज |
असार ११, २०७८ शुक्रबार १०:१३ बजे

सांकेतिक तस्बिर

कञ्‍चनपुर : भीमदत्त-८ तिलाचौरका ४८ वर्षीय लागूऔषध चरेसका फरार प्रतिवादी भानी (भानदेव) भट्टलाई प्रहरीले पक्राउ गरेको छ । घर ठेगानामै लुकीछिपी बसेका बेला प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ परेका भट्टलाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यसैगरी लागूऔषध खैरो हिरोइन मुद्दामा वारदातमा संलग्न रही फरार रहेका दोधारा चाँदनी नगरपालिका-७ घर भई भीमदत्त-४ सब्जीमण्डी बस्ने ३२ वर्षीय बिजेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त-४ मा लुकीछिपी बसिरहेका बेला मल्ललाई पक्राउ गरिएको हो । पक्राउ परेका मल्ललाई अदालतमा पेश गरी म्याद थप गरी अनुसन्धान भइरहेको छ । रासस



Author

थप समाचार
x