सुदूरपश्चिम

४५ हजार मूल्य बराबरको माछा र कुखुरा बरामद गरी नष्ट

इकागज |
असार १३, २०७८ आइतवार १२:३९ बजे

फोटो स्रोत : जिल्ला प्रहरी कार्यालय कञ्चनपुर

कञ्चनपुर : बेवारिसे अवस्थामा भेटिएका माछा, कुखुरा र पेय पदार्थ कञ्चनपुरमा नष्ट गरिएको छ । आइतबार बिहान खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका ४ शान्तिपुरबाट बरामद गरी माछा, बोइलर कुखुरा र अखाद्य पेय पदार्थ नष्ट गरिएको हो ।

झण्डै ४५ हजार मूल्य बराबरको माछा, बोइलर कुखुरा र अखाद्य पेय पदार्थ फेला पारी कानुन बमोजिम बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष, पशु क्वारेनटाईन बेलौरीका प्रतिनिधि, समाजसेवी लगायतको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बाहदुर बमले जानकारी दिए । 



Author

थप समाचार
x