सुदूरपश्चिम

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

इकागज |
असार १४, २०७८ सोमवार ११:३७ बजे

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । १ असारमा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र एमालेको ओली समूहको असहमतिका बीच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो । 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेको माधव नेपाल समूहको समर्थनले बजेट पारित भएको हो । यसअघि बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, रकम, नाम र ठेगाना फरक परेका योजनाहरु तत्काल सच्याउने प्रतिबद्धता व्यक्त गरे ।
 



Author

थप समाचार
x