सुदूरपश्चिम

सुदूरपश्चिममा सबैभन्दा धेरै रोपाई दार्चुलामा

असार १५ सम्म ५० प्रतिशत रोपाई सम्पन्न

इकागज |
असार १५, २०७८ मंगलबार १०:३१ बजे

फाइल फोटो

धनगढी : सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाई सकिएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका अनुसार मंगलबारसम्म ५० प्रतिशत रोपाई सकिएको हो । 

प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीका अनुसार सबैभन्दा धेरै दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०, कैलालीमा ५५ प्रतिशत रोपाई सकिएको छ । यस्तै बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५, डोटीमा ४५ र कञ्चनपुरमा ३७ प्रतिशत धान रोपाई सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ ।


सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये झण्डै ५० प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ । 
 


Author

थप समाचार
x