सुदूरपश्चिम

कार्यालय परिसरभित्रै मृत फेला परे सशस्‍‍त्रका जवान

इकागज |
साउन २०, २०७८ बुधबार १२:२ बजे

प्रतिकात्‍मक तस्‍बिर

काठमाडौँ - सशस्‍‍त्र प्रहरीका एक जवान कार्यालय परिसरमै मृत फेला परेका छन् । जिल्‍ला प्रहरी कार्यालयका कैलालीकाअनुसार धनगढी उप-महानगरपालिका-१ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटरमा कार्यरत डडेल्धुरा भागेश्वर गाउँपालिका-१ का ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही कार्यालयको परिसरभित्रै मृत फेला परेका हुन् । परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा शाहीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीको भनाइ छ ।



Author

थप समाचार
x