सुदूरपश्चिम

सेती अस्पतालमा १६७ जनाको कोभिड परीक्षण: २५ जनामा संक्रमण

इकागज |
साउन २५, २०७८ सोमबार १४:४५ बजे

कैलाली - सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १६७ जनाको परीक्षणका क्रममा २५ जनामा कोभिड-१९ संक्रमण पुष्‍टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठकाअनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा ३ जना भर्ना भएका छन् भने ३ जना डिस्चार्ज भएका छन् । ५० शैयाको अस्थाई कोभिड अस्पतालमा हाल २२ जना संक्रमितको उपचार भैरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

जसमा २ जना भेन्टिलेटरमा, ४ जना आसीयूमा र ६ जनाको अक्सिजनको सर्पोटरमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । उनकाअनुसार १२ जनाको अवस्था सामान्य छ । यस्तै पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जोशीपुर गाँउपालिका २ का २८ वर्षीय पुरुष रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।



Author

थप समाचार
x