सुदूरपश्चिम

दार्चुलामा साउनमै १३ जनालाई स्क्रब टाइफस

इकागज |
साउन २६, २०७८ मगलवार १२:३२ बजे

कैलाली- दार्चुलामा साउन १ गते यता १३ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जसमध्ये ९ महिला र ४ जना पुरुष रहेका छन् । त्यस्तै कालाजार १ र डेंगुका १ जना बिरामी अस्पताल भर्ना भएका छन् । 

जिल्ला अस्पताल दार्चुलाका कर्मचारी विपिन मिश्रले पहिलोपटक साउन १३ गते १ जनामा स्क्रब टाइफस देखिएको बताए । उनले संक्रमित मध्ये १२ जनालाई घर पठाइएको बताउँदै १ जनाको अस्पतालमा उपचार भइरहेको बताए ।


गत वर्ष जिल्लाभरीमा ३४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको बताउदै मिश्रले संक्रमित मध्ये २५ जना महिला रहेको उनले बताए । 

अहिलेसम्म महाकाली नगरपालिका, लेकम गाउपालिका, व्यास गाउपालिका, मार्मा गाउपालिका र मालिकार्जुन गाउपालिका गरी पाँच स्थानीय तहमा स्क्रब टाइफसका बिरामी देखिएको अस्पतालले जानकारी दिएको छ ।   

महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा आउने हुँदा बढी जोखिममा रहेकाले स्क्रब टाइफसबाट वच्न सरसफाइमा विशेष ध्यान दिनु पर्ने चिकित्सकले बताएका छन ।


Author

थप समाचार
x