सुदूरपश्चिम

प्राकृतिक विपद्

घरमाथि पहिरो खस्दा श्रीमानको मृत्‍यु, श्रीमती बेपत्‍ता

इकागज |
भदौ १४, २०७८ सोमबार ९:२ बजे

कैलाली - घरमाथि पहिरो खस्दा दुहुँ गाउँपालिका-१ बस्पालीका नरसिंह महराको ज्यान गएको छ भने उनका श्रीमती कौशीदेवि महरा बेपत्ता भएका छन् । घरमा श्रीमान-श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएपछि महरा दम्पत्ती बेपत्ता भएको र नरसिंह महरा भने मृत फेला परेको आफन्त आनसिंह महराले जानकारी दिए । 

यस्तै पहिरोले घर पुरिदाँ दुहुँ गाउँपालिका ५ दुल्ला बस्ने मनुवा डडाल बेपत्ता भएका छन् भने उनका श्रीमती उजली डडाल र छिमेकी  जनक राम पार्की घाइते भएको स्थानीय लोकेन्द्र बमले जानकारी दिए ।



Author

थप समाचार
x