सुदूरपश्चिम

कालिज फर्मभित्र चितुवा पस्‍यो

इकागज |
भदौ १४, २०७८ सोमवार १०:५ बजे

कैलाली - डोटीको केआईसिंह गाउँपालिका ६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालिज बहुउद्देश्यीय फर्म भित्र चितुवा पसेको छ । तार र जालीले बन्द गरेको फर्मभित्र आइतबार राति चितुवा पसेको सञ्चालक कर्ण बोहराले जानकारी दिए ।

कालिज फर्मभित्र पसेको चितुवा अहिलेसम्म पनि फर्म भित्रै रहेको बताउदै बोहराले चितुवाले कालिज मारेर खाईरहेको बताए । फर्मभित्र चितुवा पसेकाे बारे डिभिजन वन कार्यालय डोटी र जिल्ला प्रशासन कार्यालय डोटीलाई जानकारी गराइएको सञ्चालक बोहराले बताए ।



Author

थप समाचार
x