सुदूरपश्चिम

थारु समुदायले आज आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ अष्टिम्की पर्व मनाउँदै

इकागज |
भदौ १५, २०७८ मगलवार ११:९ बजे

कैलाली - थारु समुदायले आज आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ (खानाका परिकारको उपहार) दिएर अष्टिम्की पर्व मनाएका छन् । व्रतालुहरूले आफू खानुअगावै एक भाग निकालेर राखेको विभिन्न खानाका परिकार विवाहित छोरीचेलीलाई उपहारको रूपमा दिने चलन जसलाई थारु भाषामा 'अग्रासन' भनिन्छ । 

विवाहित छोरीचेलीका लागि 'अग्रासन' अति नै महत्वपूर्ण मानिने थारु अगुवा प्रभात चौधरी बताउछन् । ‘बिबाहित हाम्रा छोरीचेलीहरू आजको दिन माइतीको अग्रासन कुरेर बसेका हुन्छन्’, उनले भने, ‘अग्रासन' बिबाहित चेलीहरुका लागि अतिनै महत्त्व रहेको हुन्छ । 


अग्रासनमा फलफूल, भात, फूलौरी, हलुवा, गेडागुडी, माछामासु लगायतका परिकार रहने अगुवा चौधरीले बताए । अष्टिम्कीको पहिलो दिन पानीसमेत नखाएर निराहार व्रत बसेकाहरू आज बिहानै नुहाइधुवाई अन्नसहित मिठा/मिठा खानाका परिकार खाने गर्दछन् । माइतीबाट 'अग्रसान' दिन आएकाहरुलाई विवाहित छोरीचेलीले सम्मान गर्दै उनीहरूलाई समेत मिठामिठा खानेकुरा खुवाउने चलन रहेको अगुवा चौधरीले बताए ।
 


Author

थप समाचार
x