सुदूरपश्चिम

सुदूरपश्चिममा एकिकृत समाजवादीकाे पक्षमा १० सांसदले गरे सनाखत

इकागज |
भदौ १५, २०७८ मंगलबार १७:३६ बजे

कैलाली : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा नेकपा एमाले सुदूरपश्चिमका १० जना सासंदले सनाखत गरेका छन् । नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोज्न सुदूरपश्चिमका प्रदेशसभाका १३ सदस्य प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको भए पनि १० जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताइन् । उनले सनाखत गर्ने समय बाकी रहेकोले यो संख्या १५ पुग्ने पनि बताइन् ।

सनाखत गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, सांसदहरू बलबहादुर सोडारी, अम्मर साउँद,कुलबिर चौधरी, सुशिला बूढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामीले आज नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । 


आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराज,पूर्व एमाले प्रमुख सचेतक तारालामा तामाङ, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले भोली सनाखत गर्ने मन्त्री जोशीले बताइन् । 
 


Author

थप समाचार
x